पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएर खस्यो नेपालको पहिलो स्याटेलाइट

काठमाडौं । नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएर सोमबार खसेको छ। अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो।

‘नेपाली स्याट–१’ मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेको थियो। नेपाली स्याट–१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिएका छन्। सोमबार बिहान नेपाली–स्याट–१ सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना–१ खसेको थियो।

स्याटेलाइटका निर्माणकर्ता हरिराम श्रेष्ठले नेपाली स्याटेलाइट ८४१ दिन अन्तरिक्षामा खसेको र यसका सबै मिसन पूरा भएको जानकारी दिए। यसअघि नेपाली स्याटेलाइट अगस्टमा २४मा खस्ने प्रक्षेपण गरिएको थियो।

२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष(अर्बिट)मा छाडिएको थियो।

बर्डस–३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पठाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार