थप १ हजार ३० जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ८७४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ५ हजार ८९३ जनाको पीसीआर विधिबाट र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार जना संक्रमित निको भएका छन्

यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १७४ जनाको मृत्यु भएको छ।

यसअघि हिजो आइतबार ६७९ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार