अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुन मनोनित भएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्मानिकट पञ्चा अध्यक्ष भएपछि सन्तुलन मिलाउन दिपेश पुनलाई महासचिव बनाइएको स्राेतले बताएकाे छ ।

यसअघिको कार्यकालमा उपाध्यक्ष रहेका पुन जनयुद्धका लडाकु समेत हुन् । यस्तै उपाध्यक्षमा नरेश रेग्मी, जीपी मैनालीलगायत चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार