६.६८ अंकले घट्यो शेयर बजार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अंकले घटेर २ हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा आएर कारोबार बन्द भएको छ । यस्तै सेन्सेटिभ सूचक पनि १.४७ अंकले घटेको छ। यस दिन ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँ बराबरको ७६ लाख ५३ हजार २२० कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन माइक्रोफाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ भने हाइड्रोपावर र फाइनान्स कम्पनीहरु भने धेरै घटेका छन्।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

नेप्सेका अनुसार आज मनकामना लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।

यसैबीच नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। सो बैंकले कुल १६ प्रतिशत लाभांश घोषणा गरेको हो। यसमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार