कोरोना संक्रमित भन्दा निको हुने दोब्बर, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको पीसीआर परिक्षण गर्दा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ७ हजार ०७० जनाको पीसीआर विधिबाट र ३ हजार ८२० जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ४०५ संक्रमित निको भएका छन्

संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १६४ जनाको मृत्यु भएको छ।

यसअघि हिजो शनिबार ८६७ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार