भोलीसम्म मन्त्रीको सपथ हुन्छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन् ।

आइतबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नामको टुंगो लाग्ने र सोमबार शथप हुने बताए ।

‘आज विहान पनि यस विषयमा छलफल भएको थियो’, प्रचण्डले भने, ‘कानुनमन्त्री विहान आउनु भएको थियो । उहाँसँग पनि यही विषयमा छलफल भयो । हामी मन्त्रिपरिषदको विषय टुंग्याउन लागिरहेका छौं, सम्भवत भोलिसम्म छिनोफानो हुन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार