गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ ।
अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन् ।

आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजालविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानीरनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार