प्रेमको नाटक गरी १४ वर्षिय किशेरीलाई भारत तर्फ लादै गरेका एक युवक पक्राउ

पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्वतको मोदी गाउँपालिका –५ मा २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका –६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार