प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे संसदमा भएका सबै दललाई छलफलका लागि बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ ।

सदन अवरोध हुँदा महत्वपूर्ण कामहरु हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकबाट निकास खोज्ने प्रयास गरेका हुन् ।

गत भदौ २८ गते पनि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार