यस्तो ठाउँमा हुँदै छ एमालेको विधान महाधिवेशन (फोटोफिचर)

ललितपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् ।

यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् ।

अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुग्नुभएको थियो ।

उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन पुगेका थिए ।

विधान महाधिवेशका लागि मञ्चको सजावटको केही काम मात्रै बाँकी रहेको नेपालले जानकारी दिए । प्रतिनिधिको बसाईको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने भएका छन् ।

प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार