थप १,१५७ मा काेराेना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनामा कोरोना परीक्षण गर्दा १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर विधिबाट १० हजार ६५२ जना र एन्टिजेनबाट ३ हजार ८८९ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ११३ संक्रमित निको भएका छन्

संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२३ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८७८ सक्रिय संक्रमित छन् ।

यसअघि हिजो मंगलबार १,१५८ जनामा संक्रमण पुष्टि भएको थियो भने १२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार