माधव नेपालको स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ।

मंगलबारदेखि नै स्वास्थ्यमा समस्या भएका कारण नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको बताइएकाे छ ।

नेपाललाई रुघा खोकीलगायतको समस्या देखिएको तर कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएकाे थियाे  ।

अहिलेको भाइरल ज्वरो र धपेडीले गर्दा नेपालमा समस्या देखिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार