एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक बस्दैछ । दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै नेकपा एमालेले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सोमबार कार्यदल गठन गरेको हो ।

कार्यदलका संयोजक रावलले मंगलबार ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका छन् ।

सोमबार बसेको स्थायी कमिटी बैठकले यसअघि नै बनेको कार्यदललाई थप जिम्मेवारी तोक्दै विस्तार गरेको थियो । हिजोको बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरललाई पनि समावेश गरेर विस्तार गरेको हो ।

कार्यदललमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन्।

असार २७ गते भएको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार