१० बुँदे सहमति कार्यान्वयन कार्यदलमा शंकर पोखरेल पनि थपिए

काठमाडौं । नेकपा (एमाले)ले १० बुँदे सहमति कार्यान्वयन कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि थपिएका छन् । सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेकाे स्थायी कमिटी बैठकले कार्यदलमा पोखरेललाई पनि थप गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘कार्यदलमा पहिलेदेखि नै ६ जना हुनुहुन्थ्यो र त्यसमा एक जना शंकर पोखरेललाई थप गरी सात बनाइएको छ ।’ त्यस्तै कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई ताेकिएकाे छ ।

यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल रहेको थियो । कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए । अब, शंकर पोखरेल पनि थपिएका छन् ।

एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका केही नेता असन्तुष्टि छन् ।

रावलले एमालेलाई २ जेठ २०७५ मा फर्काउने सहमतिअनुसार आफू नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने माग राखेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनपछि एमालेमा रहेका लेखराज भट्ट नै इन्चार्ज कायम रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार