देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबार दिउँसो चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिले अध्यादेश खारेजको निर्णय गर्ने भएसँगै देउवाले बैठक बोलाएका हुन्।

सचिवालयका अनुसार मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ । सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार