दशैंको फूलपातीबाट सिनेमा हल खुल्ने

काठमाडौं । दशैंको फूलपातीबाट सिनेमा हल खुल्ने आशा राखिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेका सिनेमा घर असोज दोस्रो सातादेखि खुल्न दिने सरकारले निर्णय गरेको हो ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले निर्माताहरूसँग छलफल भइरहेका कारण दशैंको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेको बताउनुभयो ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार