थप ८३४ जनामा काेराेना संक्रमण पुष्टि, ९ जनाको मृत्यु,

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ७६३ जनामा कोरोना परीक्षण गर्दा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर विधिबाट ८ हजार ५८९ जना र एन्टिजेनबाट ५ हजार १४७ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार २७९ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ९६ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल १७ हजार ८१३ सक्रिय संक्रमित छन् ।

यसअघि हिजो शनिबार १० हजार ५७९ जनाको परीक्षण गर्दा ९५३ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार