श्रीपेच लगाएर राजा बन्छु भन्दै सिसा फुटाउने पक्राउ

काठमाडौं । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार