थप १,२३९ जनामा काेराेना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ को एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८७ हजार ७६९ जना पुगेको छ ।

जसमध्ये १९ हजार ४७३ जना होम आइसोलेसनमा र १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०७२ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार १,३३० जना संक्रमित थपिँदा ५ जनाको मृत्यु भएको थियो भने १,८३० जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार