राष्ट्रियसभाबाट आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित

काठमाडौं । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार