३१ स्थायी कमिटी सदस्यसहित नेकपा समाजवादीका पदाधिकारी चयन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल चयन भएका छन् । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको सचिवालयले जनाएको छ।

यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

यसैगरी सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको सचिवालयले जनाएको हो।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् ।

मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार