नेकपा (एस)को महासचिवमा बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने निश्चित भएको छ । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको बताइएकाे छ ।

केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुने र महासचिव घोषणा ती नेताको भनाई छ । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको हो । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार