काँग्रेसले गाउँ / नगर अधिवेशन असोज ९ गते सक्ने

काठमाडौं । नेपाली काँग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै गर्ने भएको छ ।बुधबार अपराह्न संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारीको बैठकले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यही असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णयभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।साथै, क्रियाशील विवाद पनि असोज ९ गतेभित्रै सक्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार