सरकारले ४० बर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

काठमाडौं । सरकारकाले ४० बर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले ४० वर्षमाथिका नागरिकहरुको पिसाब जाँच गर्ने योजना रहेको जानकारी दिएका छन।

कहिलेदेखि शुरु गर्ने भन्नेबारे मिति तयभइनसकेको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

यस्तै,शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा समितिकी सभापति घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताइन।

उनले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिए।

किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिए।

सभापति घर्तीले भनिन्, ‘नेपालमा हाम्रो सबैभन्दा धेरै इच्छाशक्तिको कमी छ, त्यसलाई हामीले कसरी उजागर गर्ने, कसरी अघि बढाउने ? छलफल गर्न जरुरी छ । यसलाई जनचेतना मुलक कार्यक्रम, अन्तरक्रिया गरेर पनि आफूले गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्नुपर्ने आवश्यक्ता देख्छु यसको लागि मन्त्रालयले केही गरोस्, डाएलाईसिसको मेसिनहरु बढाउने कुराको योजना बनाउनुभएको छ, यो छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुराहरु चाँडो गरियोस्,क्यान्सर औलोको उपचारको लागि विशेष हस्पिटलहरु बनेका छन्, किड्नी फेलहुने समस्याहरु नेपालमा अलि धेरै बढी भएको छ, त्यसलाई मध्यनजर गर्दै टिचिङ्ग हस्पिटलको नजिकै क्यान्सर हस्पिटलको पाँच तले भवन बनाएको छ, त्यस्तै किड्नी सम्बन्धी पनि विशेष हस्पिटल बनाएर अघि जाँदा राम्रो होला कि ? किड्नी फेल हुने कारण के हो भनेर अध्ययन गर्दा सुगरले धेरै समस्या पारेको छ, यसलाई कसरी रोक्ने भन्ने विशेष योजना बनाउनुपर्छ ।’

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार