माधव नेपालको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

अध्यक्ष नेपालले बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन बुधबारको बैठकले प्रतिवेदन पारित गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्ने– ‘ नेताहरुले दिएका महत्त्वपूर्ण सुझावहरुलाई पार्टी केन्द्रीय कमिटीको बैठकले ‍ग्रहण गर्दै सुझावहरु सहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी पारित गर्न प्रस्ताव गरियो। र त्यो प्रस्ताव पारित भएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार