काठमाडाैंमा थप ५६४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार आज काठमाडौंमा ३५५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार २२६ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार