राष्ट्रियसभा बैठक असोज ७ सम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक असोज ७ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

आउँदो बिहीबार अपरान्ह २ बजेका लागि बोलाइएको बैठकमा उक्त विधेयकमाथिको विभिन्न शीर्षकमा छलफल हुने छ । छलफलमा भाग लिन चाहने सांसदहरूलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका सो प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार