ओलीको मुद्दाको सुनुवाइ आज सकिँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज (मंगलबार) हुने भएको छ ।

आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको उक्त मुद्दा ’हेर्दा हेर्दै’ मा राखिएको थियो

सोमबार निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरे पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार