एक हजार ९५ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ०३१ को एन्टिजेन परीक्षणमा १२० जना गरी १,०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ जना पुगेको छ ।

जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०४८ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार ७३४ जना संक्रमित थपिँदा १२ जनाको मृत्यु भएको थियो भने १,४१३ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार