देशभर ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ सय ५६ पीसीआर परीक्षणबाट र ७८ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार ३ सय ४ नमुनाको पीसीआर परीक्षण र २ हजार ७ सय ९ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १० हजार १३ गरिएको छ ।

१४ सय १३ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २४ हजार ३१३ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८४ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८८ हजार ९८६ पुगेको छ ।

हालसम्म ७ लाख ४९ हजार २१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार