कलाकार रमेश केसीको निधन

काठमाडौं । वरिष्ठ हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको बिहान निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताएका छन् ।

खड्काले फेसबुक मार्फत निधन भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘अत्यन्तै अकल्पनीय दुःखद खबर….केही बेर अगाडि वरिस्ठ कलाकर्मी श्री रमेश केसि ‘मट्टारे’ ज्यु ले यो सन्सार त्याग्नु भएको दुःखद खबरले हामिलाइ मर्माहत तुल्याएकोछ… भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना…!’

कलाकार केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार