साप्ताहिक राशिफल: असोज ३ गतेदेखि ९ सम्म

मेष–यो साता कीर्तिमानी काम गर्ने समय र रमाइलो यात्राको योग रहेको छ । जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग घिउ रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष–यो साता शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन–यो हप्ता अपजस आइलाग्न सक्छ भने विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता । पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

सिंह–यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या–यो साता आफन्त वा इष्टमित्र सँग पुनर्मिलनको योग रहेको छ । काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानको स्मरण गरि कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।

तुला–यो साता कुनै कुराले मनमा शान्ति छाउला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

वृश्चिक–यो साता दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । रमाइलो यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

धनु–यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको दिन रहनेछन् । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण कार्य गर्दा अधिक लाभ मिल्नेछ ।

मकर–यो हप्तामा नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र व्यवधान भने आउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ–साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिन–यो हप्ता चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार