नायिका करिश्मा मानन्धर र केपी ओलीबीचको टेलिफोन कुराकानी विवादमा

काठमाडौं । नायिका करिश्मा मानन्धरले आफूलाई अभिभावकले जसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर परीक्षाको बारेमा सोधेको भन्दै एउटा स्टाटस राखेकी थिइन् । उनले आफू जस्तो सामान्य कलाकारलाई पूर्वप्रधानमन्त्री जस्तो मान्छेले फोन गरेरै परीक्षाको बारेमा चासो दिएको भन्दै उनले ओलीलाई धन्यवाद समेत दिएकी थिइन् ।

स्टाटससँगै करिश्माले फोनको स्कृन सर्ट समेत राखेकी थिइन् । अहिले सामाजिक सञ्जालमा उनको स्टाटस र स्कृन सर्टलाई लिएर धेरै टिकाटिप्पणी भइरहेको छ । टिकाटिप्पणी र आलोचना बढेपनि करिश्माले स्कृन सर्ट हटाएको देखिन्छ यसले झन उनलाई झुटोमाथि झुटो बनाएको भन्नेहरु थपिएका छन् ।

स्कृन सर्टमा केपी शर्मा ओलीको नम्बरबाट फोन आएको नभएर गएको देखाएको भन्दै करिश्माले झुटो बोलेको टिकाटिप्पणी गरिएको छ । उनले यति ठूलो कुरा झुट बोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

आलोचनालाई गलत सावित गर्दै स्पष्ट पार्नुपर्नेमा झन करिश्माले भने फेसबुकबाट स्कृन सर्टको फोटो हटाएकी छन् । यसले झन उनले झुटो काम गरेको भन्ने स्पष्ट भएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिकाटिप्पणी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा फैलिएको आलोचनाका बारेमा करिश्माले भने अहिलेसम्म कुनै स्पष्टिकरण अर्थात केही पनि बोलेकी छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार