चितवनमा रड प्रहार गरि युवकको हत्या, प्रहरी र पीडितका आफन्तबीच झडप

चितवन । चितवनको राप्ती नगरपालिकामा एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ९ सितलपुरमा स्थानीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजेतिर सोही ठाउंँका कान्छा लामालाई रडले प्रहार गरि हत्या गरेका हुन् ।

प्रहरीले हत्यामा संलग्न मल्ललाई तत्काल नियन्त्रणमा लिएको थियो । मल्ललाई नियन्त्रणमा लिई प्रहरी कार्यालय ल्याउने क्रममा पीडितका आफन्त र प्रहरीबीच विवाद भएको थियो । उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

मल्ललाई ल्याउने क्रममा लामाका आफन्तले प्रहरीलाई लाठी, ढुंगामुडा प्रहार गरेको अधिकारीको भनाइ छ । पीडितका आफन्तले घटनाको सत्यतथ्य छानवीन हुनेमा शंका व्यक्त गरेका थिए ।

प्रहरीले पीडितको आग्रहलाई वेवास्ता गर्दा उनीहरुले आक्रोश पोखेको बताइएको छ । झडपमा प्रहरी निरीक्षकसहित ७ जना घाइते भएका छन् । पीडितपक्षका पनि दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार