आफ्नै श्रीमान‍्को हत्या गरेको आरोपमा घोराही-९ बस्ने घर्ती पक्राउ

दाङ । श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।

५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो।

सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार