वर्तमान सरकार असफल भइसक्यो: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको दावी गरेका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले भने–‘यो सरकार असफल भइसकेको छ। पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम हो ।’

कार्यक्रममा माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका उनले नेपालकै सहमतिमा १० बुँदे बनेको तर पछि उनैले त्यसको विरोध गरेको भन्दै नेपालको पछि नलाग्न कार्यकर्तालाई आह्वान समेत गरे।

उनले भने–‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो। यो राम्रो भएन। अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार