अपहरण मुद्दाका फरार १० वर्षपछि घरबाटै पक्राउ

सप्तरी । सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडा ७ वस्ने ४५ वर्षीय शिवकुमार मण्डल रहेका छन् ।

मण्डलले २०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस वडा नम्वर ७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका मण्डललाई बिहीबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लले बताए । पक्राउ परेका मण्डललाई कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार