संखुवासभा हत्या प्रकरण: लोकबहादुरलाई भाइले पनि साथ दिएको खुलासा

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी पक्राउ परिसकेका छन् । तर पनि प्रहरीले घटनाको अनुसन्धानलाई जारी नै राखेको छ।

अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ परेका लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा झिकाएका छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रहरीले बताएको छ।

हाल घटनामा हराइरहेको मृतक रञ्जना कार्कीको मोबाइल प्रहरीले फेला पारेको छ । प्रहरीले लोकबहादुरका भाइ नरेशको साथबाट रन्जनाको मोबाइल फेला पारेपछि हत्यामा उनले दाजुलाई साथ दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कार्की परिवारकी बुहारी रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि हराएको थियो। स्विच अफ भएकाले फाल्न सकिने सम्भावित ठाउँमा पनि प्रहरीले खोजी गरेको थियो। फोन भेटिएसँगै त्यसबाट थप केही प्रमाण वा घटनासम्बन्धी नयाँ क्लु पाउन सकिने अपेक्षा प्रहरीको छ।

सो हत्याकाण्डमा एकै परिवारका तेजबहादुर कार्की, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार