काठमाडाैंकाे निषेधाज्ञा अनिश्चितकालका लागि थप, भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने

काठमाडाैं । काठमाडौं जिल्लामा निषेधाज्ञाकाे अवधि अनिश्चिकालका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेशन जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको हो ।

जारी आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी कोरोना सङ्क्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ । त्यस्तै, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न भनिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार