६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक रेलको लिकमा मृत भेटिए

काठमाडौं । भारतमा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक मृत भेटिएका छन्।

हैदराबादको सौदाबाद इलाकामा बालिका बलात्कार गर्ने अभियुक्त पल्लनकोडा राजुको शव बिहीबार रेलको लिकमा भेटिएको बीबीसीहिन्दीले जनाएको छ।

अभियुक्त राजु सो घटनापछि फरार भएका थिए। तेलंगना प्रहरीका अनुसार उनको शव घनपुरको रेल वे ट्र्याकमा भेटिएको छ। मृतकको शरीरमा भएको ट्याटु र पोशाकले उनको सनाखन भएको हो।

यसअघि प्रहरीले राजुको जानकारी दिनेलाई १० लाख पुरस्कार दिने घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार