रामेछापमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले बताए ।

ओखलढुंगा घर भएका अन्दाजी ३४ – ३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रदेश नम्बर ३–०१– ०२३ – च – ३५९३ नम्बरको जीप सडकबाट ६ – ७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार