इजरायल जान चाहनेहरुको परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडाैं । रोजगारीका लागि इजरायल जान चाहने श्रमिकहरुले दिएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले सोमबारको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

विभागका अनुसार ६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् ।

भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार