यी बाबु-आमा, जसले घरको छतमा लगेर आफ्नै शिशुको हत्या गरे

बुटवल । घरको छतमा लगेर आफ्नै आठ महिने शिशुलाई हत्या गरेको आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा ६का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु रहेका छन्।

उनीहरुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्लाह दम्पतीले गत भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेका छन्।

२६ गते शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको टोली गैडहवामा गएको थियो । त्यसक्रममा प्रहरीले उक्त घरको छतमा आलो रगत जमेको फेला पारेको थियो।

अहिलेसम्म शिशुको के कति कारणले हत्या गरियो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार