अफगानका पूर्व उपराष्ट्रपतिको घरबाट ६.५ मिलियन डलर र १८ वटा सुनको ईट्टा भेटियो

काठमाडौं । तालिबानले पञ्जशिर प्रान्तमा अमरुल्लाह सालेहको घरबाट ६.५ मिलियन डलर नगद फेला पारेको एक भिडियो प्रकाशित गरेको छ।

अफगान न्युज टोलोका अनुसार कथित रूपमा एक अपरेशनको दौरान उक्त नगद प्राप्त भएको तालिबानीहरुले उक्त भिडियोमा उल्लेख गरेका छन्।

तालिबानको सांस्कृतिक आयोगका सदस्य शहाब लेवालले भने, ‘आज हाम्रो मुजाहिदीनले अमरुल्लाह सालेहको घरबाट ६.५ मिलियन डलर र १८ वटा सुनका सिक्का (इट्टा) भेटिएको छ, हामी अर्थ मन्त्रालयलाई पैसा फिर्ता गर्नेछौं।’

पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले उक्त भिडियोमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार