माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार