बुटवलस्थित औद्योगिक क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ।

बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको हो।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औद्योगिक क्षेत्रको जग्गामा अवैधरुपमा अतिक्रमण हुने जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार