अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा कल्याण अधिकारी

  पहिलोपेज समाचारदाता

 449 पटक हेरिएको

२२औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपेश पुन ।

दाङ । अखिल (क्रान्तिकारी) दाङको आज सम्पन्न २२औं जिल्ला अधिवेशनबाट कल्याण अधिकारीको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्य समिति चयन भएको छ ।

क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले अधिकारीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा गिरबहादुर महरा, निश्चल केसी, हिमाल महरा, डिभाइड शर्मा र खगेन्द्र जीएम रहनु भएको छ । कार्यसमितिको सचिवमा गोविन्द मल्ल चयन हुनुभएको छ । सहसचिवहरुमा मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी र यामकुमारी विक रहनुभएको छ । कोषाध्यक्षमा हिरालाल वली चयन हुनुभएको छ । जिल्ला कार्यसमिति जम्मा ७५ सदस्यीय गठन गरिएको बताइएको छ ।

२२औं जिल्ला सम्मेलनबाट अखिल (क्रान्तिकारी)दाङको अध्यक्षमा निर्वाचित कल्याण अधिकारी ।

यसअघि संगठनका केन्द्रीय उपाध्यक्ष दिपेश पुनले मैनबत्ती बालेर जिल्ला सम्मेलनको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा उपाध्यक्ष पुनले अग्रज पुस्ताले ज्यानको बाजी राखेर लिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा कार्यान्वयन गर्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा आएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार