ओलीको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिट हेर्न नभ्याइनेमा राखेको छ ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रामकुमारी झाँक्रीसहित १४ जना सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्की र न्यायाधीश मीरा खड्काको इजलासले ओलीको रिट हेर्न नभ्याइनेमा राखेका हुन् ।

सो रिटको प्रारम्भिक सुनुवाइ भने गत २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेशका दुवै पक्षलाई झिकाउने आदेश दिएका थियो । आज रिटमाथिको सुनुवाइबाट अन्तरिम आदेश दिने वा नदिने भन्ने टुंगो लाग्दै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार