अभिनेता अक्षयकी आमाको निधनप्रति शाेक व्यक्त गर्दै प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो ।

अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रदाञ्जली दिइरहेका छन् । अक्षय पनि आफ्नो नियमित काममा फर्किसकेका छन् ।

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् । पत्रमा प्रधानमन्त्री मोदीले अक्षयलाई सधैँ साथ दिने बाचा समेत गरेका छन् । उक्त पत्र सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले पनि प्रधानमन्त्री मोदीलाई धन्यबाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार