प्रतिनिधि सभाकाे बैठक स्थगित, अर्काे बैठक २९ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएकाे हाे ।

बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गरेपछि सभामुख सापकाेटाले बैठक स्थगित गर्नुभएकाे हाे ।

पहिला बैठकमा अवराेध भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गर्नुभएकाे थियाे । तर सहमति जुट्न नसकेपछि दोस्रो बैठकमा पनि एमाले सांसदहरुको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गते १ बजे बस्ने गरी स्थगित गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार